कर्णाली करिडोरको छारे खण्डमा दैनिक ४ घण्टा यातायात संचालन गर्न समय तालिका

जनता संवाददाता
२०८१ जेष्ठ २१ गते, सोमबार

हुम्ला —कर्णाली करिडोरको सर्केगाड(खार्पु सडकमा यातायात सञ्चालन गर्न समय तालिका टाइमकाड लागु गरिएको छ । कर्णाली करिडोरको ग्युसी(लालीबगर खण्डको सडक निर्माण कार्य समपन्न भएपनि उक्त सडक करिडोर उत्तरखण्ड हिल्सा सिमकोट सडक योजना कार्यालयलाई हस्तान्तरण नभएकाले यस खण्डमा सार्वजनिक यातायात संचालनका लागि समय तालिका ९टाइमकाड० लागु गरिएको होसो सडकमा सिमकोट आउने जाने सवारी साधनको चाप बढेपछि स्थानीय प्रशासनले एक सुचना जारी गरी प्रत्येक दिन बिहान ६ः०० बजे देखि ८ः०० बजे सम्म सर्केगाडबाट खार्पु आउने र दिउसो ११ः०० बजे देखि १ः०० बजे सम्म खापुृ देखि सर्केगाड जाने गरि समय तालिका निर्धारण गरिएको छ । सडकमा यातायातका साधनलाई आवतजावतमा सहज होस भनेर आउने र जाने समय फरक गरिएको प्रमुख जिल्ला अधिकारी बिनोद कुमार पोखरेलले बताए । सो खण्डमा सडक निर्माणका बाँकी काम प्रभावित नहुनेगरी समय तालिका ९टाइमकाड० लागु गरिएको प्रजिअ पोखरेलले बताए ।
समय तालिका ९टाइमकाड० लागु गरिएसंगै खार्पुनाथ गाउँपालिका(५ स्थित खार्पुसम्म निबाद रूपमा यातायातका साधन संचालनमा आउने छन । लालीबगर(ग्युसी खण्डमा ११।५ किमि सडक निर्माणको जिम्मा सेनाले लिएपछि अप्ठ्यारा भीरमा ट्र्याक खोलेपनि दोहोरो रूपमा गाडी चल्ने गरी भने सडक बनिसकेको छैन । सिमकोट नपुग्दै बीचमा पर्ने चुवा खोलामा भने अहिलेसम्म पक्की पुल निर्माण भइनसकेकाले सवारी साधन सिधै सदरमुकाम सिमकोट नपुगी खार्पु सम्म मात्र आउने कर्णाली करिडोर उत्तरखण्ड हिल्सा सिमकोट सडक योजना कार्यालयका निमित्त प्रमुख बेलबहादुर नेपालीले बताए ।
करीडोरको सबै भन्दा अप्ठ्यारो खण्डका रुपमा मानिएको मुख्य कडा चट्टानी भाग छारे खण्डको ब्रेक थ्रु (छिचोलिएको) भए पछि यहि जेठ २१ सोमबारबाट लागु हुने गरि खार्पुनाथ गाउ“पालिकाको खार्पु देखि सर्केगाडसम्म दैनिक ४ घण्टा सो खण्डमा सहजरुपमा यातायत सुचारु गरिने कर्णाली करिडोर सडक निर्माण कार्यदल सुनाखाडा हुम्लाले जनाएको छ ।

 

प्रकाशित मिति : २०८१ जेष्ठ २१ गते, सोमबार


Scroll to Top

Janata Media