मनोज गजुरेलकी पूर्वपत्नि मीना ढकाल गजुरेलकै घरबाट पक्राउ

जनता संवाददाता
२०८१ असार २३ गते, आईतवार

काठमाडाैँ । कलाकार मनोज गजुरेलको घरमा ताला लगाउन पुगेकी मीना ढकाल पक्राउ परेकी छन्।

आइतबार बिहान भक्तपुरको बालकोटस्थित गजुरेलको घरमा पुगेकी ढकाललाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजन कार्कीले जानकारी दिए।

उनकाअनुसार घरमा ताला लगाउन भन्दै ढकाल पुगेकी थिइन्। त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। यद्यपि उनीविरूद्ध प्रहरीले साइबर अपराधसम्बन्धी कसुरमा अनुसन्‍धान थालेको डिएसपी कार्कीले बताए। 

‘तीन/चार दिनअघि उहाँविरूद्ध साइबर अपराधमा जाहेरी आएको थियो,’ उनले भने, ‘आज बिहान उहाँ घर पुग्नुभएपछि पक्राउ पर्नुभयो। हामीले साइबर अपराधमा अनुसन्धान थालेका छौं।’

गजुरेल र ढकालबीच सम्बन्धबिच्छेद भइसकेको छ।

प्रकाशित मिति : २०८१ असार २३ गते, आईतवार


Scroll to Top

Janata Media