चंखेली जिप दुर्घटनाः उपचारका क्रममा एकको मृत्यु

जनता संवाददाता
२०८१ भाद्र ६ गते, बिहीबार

हुम्ला । हुम्लाको चंखेली गाउँपालिका वडा नं २ गर्खामा दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गम्भीर घाइते भएका रमेश मल्लको उपचारका क्रममा सुर्खेस्थित कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको हो ।

मललको उपचारका क्रममा अवस्था गम्भीर भएकाले मृत्यु भएको कर्णाली प्रदेश अस्पताल स्रोतले जानकारी दिएको छ ।

उनी चार जनालाई हिजो सिम्रिक एयरको हेलिकप्टरबाट उद्धार गरी सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा लिईएको थियो । दुर्घटनामा घाइते भएका ७ जनामध्ये छायाँनाथ रारा नगरपालिका वडा नं १३ का रमेश मल्ल, पृथ्वी शाही र चंखेली वडा नं २ का सुरेन्द्र बहादुर शाही र तिल बहादुर शाही रहेका थिए ।

यो पनि पढ्नुहोस्ः

चंखेलीमा बोलेरो जिप दुर्घटनाः सवार सातै जना घाइते, दुईको अवस्था गम्भीर

चंखेली जिप दुर्घटनाः घाईते सातै जनाको पहिचान खुल्यो

चंखेली जिप दुर्घटनाः चार घाइतेको हेलिकप्टर मार्फत उद्धार

प्रकाशित मिति : २०८१ भाद्र ६ गते, बिहीबार