१५५ औँ गान्धी जयन्ती विभिन्न कार्यक्रम गरी मनाईयो

जनता संवाददाता
२०८१ आश्विन १६ गते, बुधबार

काठमाडौँ । १५५ औँ गान्धी जयन्ती तथा अन्तराष्ट्रिय अहिंसा दिवस विभिन्न कार्यक्रम गरी मनाईएको छ । काठमाडौँको काँडाघारीमा रहेको केन्द्रीय कार्यालयमा नेपाल चर्खा प्रचारक गान्धी तुलसी ,स्मारक महागुठीले विभिन्न कार्यक्रम गरी मनाएको हो ।

नेपाल चर्खा प्रचारक गान्धी तुलसी स्मारक महागुठीका अध्यक्ष उदय मोहन श्रेष्ठको अध्यक्षतामा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाको प्रमुख आतिथ्यतामा कार्यक्रममको आयोजना गरिएको हो ।

कार्यक्रममा भारतिय दुतावासका डेपुटी चिफ अफ कमिसन प्रशान्त श्रीवास्तव, निति तथा अनुसन्धान आयोगका पूर्व अध्यक्ष डा. विष्णुराज उप्रेति, राजनितिक विश्लेषक देवेश झा, कागेश्वरी मनोहरा नगरपालिकाका उप प्रमुख शान्ता थापा, संस्थाका मुख्य गुठीयारहरु, कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, विभिन्न पार्टी र संस्थाका प्रतिनिधिहरु, पत्रकार र सुरक्षाकर्मीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले महात्मा गान्धीको प्रशंसा गर्दै आफ्ना धारणा राखेका थिए । उनले गान्धीको प्रशंसा गर्दै स्वर्गिय तुलसी मेहेर श्रेष्ठको समेत खुलेर प्रशंसा गरेका थिए ।

कार्यक्रमको अन्त्य गर्दै सभाध्यक्ष एवं महागुठीका अध्यक्ष उदय मोहन श्रेष्ठले स्वर्गिय तुलसी मेहेरका २/३ ओटा कुरा अनुसरण गर्न सकियो भने मात्रै पनि हामीले कुरा गर्न सकिने बताएका थिए ।

कार्यक्रममा सञ्चालकको भूमिका महागुठीका कार्यकारी अधिकृत प्रेम प्रसाद लामिछानेले गरेका थिए ।

प्रकाशित मिति : २०८१ आश्विन १६ गते, बुधबार


Scroll to Top

Janata Media