काठमाडौँ । देशभर झण्डै १५ हजार जनामा डेंगु सङ्क्रमण पुष्टि हुनुका साथै सात जना सङ्क्रमितको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडिसिडी० को तथ्याङ्क अनुसार जुम्लामा बाहेक सबै जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ ।
ईडिसिडीको तथ्याङ्कअनुसार ७६ जिल्लामा १४ हजार ९७५ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ। ईडिसिडीको किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले कास्कीमा सबैभन्दा बढी सङ्क्रमण पुष्टि भएको छ। त्यसपछि काठमाडौँ र तनहुँ, पर्वतमा सबैभन्दा धेरैमा सङ्क्रमण देखिएको छ ।
दाहालका अनुसार कास्कीमा दुई हजार २२१, तनहुँमा एक हजार ७२६, काठमाडौँमा एक हजार ९८६, पर्वतमा एक हजार २८३ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ। त्यसैगरी, चितवनमा ८२९, गोरखामा ५५२ ,ललितपुरमा ४४८, बागलुङमा ३३९, स्याङ्जामा २६४, कैलालीमा २३९ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको दाहालले जानकारी दिए ।







