विश्व खाद्य दिवस मनाइँदै

जनता संवाददाता
२०८१ आश्विन २१ गते, सोमबार

काठमाडौँ । ‘सुखी जीवन र समुन्नत भविष्यका लागि खाद्य अधिकार’ मूल नाराका साथ सोमबार (आज) ४४ औँ विश्व खाद्य दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

कृषि विभागले सोमबार बिहान प्रभातफेरी गरी कृषिमन्त्री रामनाथ अधिकारीको प्रमुख आतिथ्यमा दिवसको मूल समारोहको आयोजना गरिने विभागका महानिर्देशक डा। नरहरिप्रसाद घिमिरेले जानकारी गराए ।

विश्व खाद्य दिवस प्रत्येक वर्ष अक्टोबर १६ मा मनाइन्छ । संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) को आह्वानमा यो दिवस मनाउँदै आएको छ । अक्टोबर १६ मा यो दिवस मनाइए पनि यस पटक चाडपर्वका कारण असोज २१ गते मनाउन लागिएको विभागले जनाएको छ ।

सन् १९७९ नोभेम्बरको संयुक्त राष्ट्र सङ्घको २० औँ साधारण सभाले सङ्गठनको स्थापना भएको दिन पारी खाद्य दिवस मनाउने प्रस्ताव पारित गरे अनुरूप सन् १९८१ देखि विविध कार्यक्रमको आयोजना गरेर यो दिवस मनाउँदै आएको हो ।

प्रकाशित मिति : २०८१ आश्विन २१ गते, सोमबार


Scroll to Top

Janata Media