काठमाडौं । काठमाडौं महानगरपालिका–१६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रोजिना श्रेष्ठ विजयी भएकी छन् । स्थानीय तहमा यो रास्वपाको पहिलो जीत हो ।
श्रेष्ठ १५८४ मत ल्याएर विजयी हुँदा नेपाली कांग्रेसका देवेन्द्र पाठकले १३०४ मत पाएर दोस्रो भए । एमालेका लक्ष्मीरत्न तुलाधरले १२१८ मत पाए ।एकीकृत समाजवादीका मीनबहादुर मानन्धरले ६५१, राप्रपाका श्यामकृष्ण श्रेष्ठले ६२२ मत पाए र स्वतन्त्र उम्मेदवारद्वय देवेन्द्रकुमार श्रेष्ठले ३१४ र सम शाक्यले १८५ मत पाए ।







