दुई आयोगका पदाधिकारीका लागि ४० जनाको नाम छनोट

जनता संवाददाता
२०८१ मंसिर २१ गते, शुक्रबार

काठमाडौँ । सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका लागि पदाधिकारी सिफारिस समितिले ४० जनाको नाम छनोट गरेको छ।

समितिले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारीका लागि अध्यक्षमा आठ र सदस्यमा ३२ जनाको नाम छनोट गरेको समितिका सदस्य प्रवक्ता खम्बबहादुर खातीले जानकारी दिए ।

उनका अनुसार अध्यक्ष पदका लागि डिल्लीराज आचार्य, अच्युतप्रसाद भण्डारी, विजय सिजापती, विश्वराज कोइराला, सुदीप पाठक, महेश थापा, शेरबहादुर केसी र काशीराज दाहालको छनोट गरिएको छ।

सरकारले गत कात्तिक २ गते पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा सिफारिस समिति गठन भएको थियो। समितिलाई दुई महिनाभित्र कार्यअवधि दिइएको थियो।

दुई आयोगका पदाधिकारीका लागि एक सय ५६ जनाको आवेदन परेको थियो। सिफारिस समितिको कार्यअवधि आगामी पुस २ गतेसम्म रहेको छ।

प्रकाशित मिति : २०८१ मंसिर २१ गते, शुक्रबार


Scroll to Top

Janata Media