काठमाडौँ । अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टरको निधन भएको छ । उनको १०० वर्षको उमेरमा निधन भएको हो । उनको फाउन्डेसन कार्टर सेन्टरले उनको निधन भएको पुष्टि गरेको छ ।
कार्टर सन् १९७७ देखि १९८१ सम्म अमेरिकाको राष्ट्रपति बनेका थिए । उनी सबैभन्दा लामो उमेरसम्म जीवित रहने अमेरिकी पूर्वराष्ट्रपति पनि हुन् ।
जर्जियास्थित आफ्नो घरमा कार्टरले आइतबार अन्तिम स्वास लिएका कार्टर सेन्टरले जनाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले कार्टरको निधनमा शोक व्यक्त गरेका छन् । ‘आज अमेरिका र दुनियाले एक असाधारण नेता, राजनेता र मानवतावादी गुमाएको छ,’ बाइडेनले भनेका छन् ।
नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि कार्टरलाई श्रद्धाञ्जली व्यक्त गरेका छन् । ‘हाम्रो देशको लागि महत्त्वपूर्ण समयमा जिमीले राष्ट्रपतिको रूपमा चुनौतीहरूको सामना गरेका थिए । र, अमेरिकीहरूको जीवनलाई राम्रो बनाउन मेहनत गरेका थिए,’ ट्रम्पले भनेका छन् ।







