प्रधानमन्त्री कप : मधेशलाई हराउँदै बागमती सुपर फोरमा

जनता संवाददाता
२०८१ माघ ८ गते, मंगलवार

काठमाडौँ । बागमती प्रदेश प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको सुपर फोरमा प्रवेश गरेको छ ।

समूह ‘बी’ अन्तर्गत धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा बागमतीले मधेश प्रदेशलाई सात विकेटले हरायो ।

जितका लागि ४१ रनको सामान्य लक्ष्य पाएको बागमतीले ६।४ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो ।

बागमतीका लागि याशु पाण्डेले १९ रन बनाए । अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङमा मधेशका लागि रोजी कडारीले दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मधेशले १५।५ ओभरमा सबै विकेटको क्षतिमा ४० रन बनाएको थियो । मधेशका कुनैपनि खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

बलिङमा बागमतीका लागि कप्तान कञ्चन श्रेष्ठले चार विकेट लिए । विपिशा शाहीले दुई तथा सोनु खड्का र मनिषा उपाध्यायले एकएक विकेट लिए ।

 

प्रकाशित मिति : २०८१ माघ ८ गते, मंगलवार


Scroll to Top

Janata Media