लिबियाको तटबाट ४९९ आप्रवासीको उद्धार

जनता संवाददाता
२०८१ पुष २ गते, मंगलवार

त्रिपोली । गत हप्ता लिबियाको तटबाट ३४ महिला र छ बालबालिकासहित ४९९ आप्रवासीलाई उद्धार गरिएको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन ९आईओएम० ले सोमबार जनाएको छ ।

आईओएमले ८ देखि १४ डिसेम्बरसम्म ४९९ आप्रवासीलाई उद्धार गरी लिबिया फर्काइएको र २९ आप्रवासी बेपत्ता भएको जानकारी दिएको छ ।

यो वर्ष हालसम्म २१ हजार ३४३ आप्रवासीलाई उद्धार गरी लिबिया फर्काइएको छ, जुन गत वर्षको तुलनामा चार हजार बढी हो । आईओएमले यस वर्ष लिबिया र अन्य देशहरूबाट आएकाहरू सहित मध्य भूमध्यसागर मार्गमा ६३५ जनाको मृत्यु र ९८२ हराएका आप्रवासीहरू रेकर्ड गरेको छ ।

सन् २०११ देखि धेरै आप्रवासीहरूले लिबियाबाट भूमध्यसागर पार गर्न युरोपेली किनारहरू छनौट गरेका छन् । रासस/सिन्ह्वा

प्रकाशित मिति : २०८१ पुष २ गते, मंगलवार


Scroll to Top

Janata Media