बाजुरा जीप दुर्घटना: मृतक तीन जना सहित घाइतेको पहिचान खुल्यो

जनता संवाददाता
२०८२ जेष्ठ १३ गते, मंगलवार

बाजुरा । बाजुराको जगन्नाथ गाउँपालिका वडा नम्बर २ मा जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । भने २ जना गम्भीर घाइते भएका छन्।

दुर्घटनामा धनगढी उपमहानगरपालिका घर भई हाल नेपाल टेलिकम बाजुरामा कार्यरत कार्यालय प्रमुख ५५ वर्षीय लोकबहादुर खड्का, जिप चालक कञ्चनपुर जिल्ला कृष्णपुर नगरपालिका बाणिका ५७ वर्षीय करन महतारा र बाजुरा बडीमालिका नगरपालिका वडा नम्बर ७ निवासी रेडियो नेपाल कालाजाग्रा रिले स्टेसनमा कार्यरत कर्मचारी २८ वर्षीय रवीन्द्र धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

दुर्घटनामा दुईजना गम्भीर घाइते भएका छन् । दुर्घटना बाट बाजुराको बुढिनन्दा नगरपालिका वडा नम्बर २ कोल्टिका २५ वर्षीय नन्दराम तिरुवा र सोही ठाउँ बस्ने बर्ष २२ का लोकेन्द्र तिरुवा गम्भीर घाइते भएका र घाइते दुवै जनाको आधारभूत अस्पताल कोल्टीमा उपचारका भइरहेको प्रहरी कार्यालय बाजुराका प्रवक्ता प्रहरी निरीक्षक देब बहादुर चौधरिले बताए ।

नेपाल टेलिकमको टावरमा सोलार प्यानल जोड्न पिलुचौरबाट गएको जिप सडक बाट अन्दाजी ८० मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

बाजुरा जीप दुर्घटना: तीन जनाको मृत्यु, दुई गम्भीर घाइते

बाजुरा जीप दुर्घटना: मृतक तीन जना सहित घाइतेको पहिचान खुल्यो

प्रकाशित मिति : २०८२ जेष्ठ १३ गते, मंगलवार


Scroll to Top

Janata Media