हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका भित्रका कृषकले उत्पादन गरेको रैथाने अन्नवाली खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बजारीकरण गर्ने भएको छ । गत माघ २९ गते अदानचुली गाउँपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बीच स्थानीय रैथाने बालीहरुको खरिद, संकलन, मुल्य श्रृङ्खला र बजारिकरण सम्बन्धि समझदारी सहित सम्झौता भएको थियो ।
हुम्लाको अदानचुली गाउँपालीकाका किसानहरुले विगतका दिनदेखी झेल्दै आएको समस्यालाई मध्येनजर गर्दै गाउँपालिकाका अध्यक्षले व्यापार कम्पनीलाई रैथाने अन्नवालीको उचित मुल्य प्रदान गर्दै किसानलाई प्रोत्साहन स्वरुप रैथाने वाली हरु संकलन, प्रशोधन,मूल्यश्रृङखला, गुणस्तर, तथा बजारीकरण गर्ने जिम्मा समेत दिएको छ । विगतका दिन देखी किसानले उत्पादन गरेको रैथाने वाली बजार नपाउँदा किसानहरुले उत्पादन समेत गर्न छोडेका थिए ।
यता गाउँपालिकाका अध्यक्ष मोहन विक्रम सिंहले भने आफ्नो पाँच वर्षे कार्यकालमा हुम्ली किसान गरिब जनताका लागि आफु सधैव सक्रिय भएर लाग्ने बाचा समेत गरे । किसानले उत्पादन गरेको रैथानिे बाली संकलन गरी बजारीकरण गर्ने सम्झौता गरेको खाद्य ब्यबस्था तथा ब्यापार कम्पनि लिमिटेड प्रधान कार्यालय काठमाण्डौंका प्रमुख कार्यकारी अधिकृत मोहन प्रकाश चन्दले बताए ।
यसअघि हुम्लाकै सिमकोट, ताँजाकोट गाउँपालिकाले रैथाने अन्नबाली खरिद बिक्रि सुरु गरिसकेका छन् ।







