काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ११ को नयाँ किरण माविमा मतदान पुनस् सुरू भएको छ।
सर्वदलीय बैठकपछि मतदान सुरू गर्ने निर्णय भएको हो। यहाँ साढे ३ घन्टा मतदान रोकिएको थियो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका उम्मेदवार रवि लामिछाने नयाँ किरण मावि पुग्दा समर्थकहरूले हुटिङ गरेका थिए।
मतदान केन्द्रमा हुटिङ गर्न नपाउने भन्दै अन्य दलले विरोध गरेका थिए। मतदान अधिकृत कमला न्यौपानेसहित सर्वदलीय बैठकमा उम्मेदवार लामिछानेले आचारसंहिता उल्लङ्घन गरेको ठहरसमेत भएको छ।
नेपाली सेनासहित प्रहरीले मतदान केन्द्रमा कडा सुरक्षा व्यवस्था मिलाएको छ। मतदान केन्द्रको ३ सय मिटर वरपर क्षेत्रमा कडा सुरक्षा व्यवस्था मिलाउने पनि सहमति भएको छ।







