सल्यान -सल्यान जिल्लामा बेसबल तथा सफ्टबल संघ गठन भएको छ । आज मङ्गलबार सम्पन्न भएको भेला बाट कमल केसीको अध्यक्षतामा ९ सदस्यीय जिल्ला समिति गठन भएको छ ।

सल्यान जिल्लामा बेसवल गठन गर्नुको मुख्य उदेश्य जिल्ला खेलकुदको बिकासको लागि र खेलाडी उत्पादन गर्ने उदेश्यले गठन गरेको सल्यान जिल्ला बेसबल तथा सफ्ट्बल संधका अध्यक्ष कमल के.सि ले बताउनु भएको छ। जिल्ला उपाध्यक्षमा दिनेश कुमार बुढाथोकि , सचिवमा सुमन बस्नेत कोषाध्यक्षमा प्रम बहादुर रेउले , सदस्यहरुमा गंगा बुढाथोकि प्रेम भण्डारी , उदय थापा निर्विरोध निर्वाचित भएका छन् । यसैबीच संघको केन्द्रिय प्रतिनिधिमा कमल के.सी यसैगरी प्रदेश प्रतिनिधिमा सृजना बि.सी उदय थापा लाई चयन गरिएको छ ।कार्यक्रम सल्यान जिल्ला खेलकुद समितिका सदस्यसचिव तुफान वलिको प्रमुख आथिथ्यतामा सम्पन्न भएको थियो।







