कक्षा १२ को परीक्षाफल हेर्न यसो गर्नुहोस्

जनता संवाददाता
२०८० श्रावण २९ गते, सोमबार

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १२ सानो ठिमी भक्तपुरबाट २०८० सालमा सञ्चालित परीक्षाको कक्षा १२ को परीक्षाफल  सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ ।

बोर्डका सहसचिव एवं प्रवक्ता जङ्गबहादुर अर्यालले परीक्षाफल प्रकाशनका लागि अन्तिम तयारी भइरहेको जानकारी दिए । उनले आजै परीक्षाफल प्रकाशन हुनसक्ने सम्भावना भने न्यून रहेको स्पष्ट पारे । बोर्डले साउनभित्रमै परीक्षाफल प्रकाशन गरिसक्ने प्रतिबद्धता जनाएको छ ।

नेपाल टेलिकमले आइभिआर, एसएमएस, युएसएसडी र वेबसाइटमार्फत परीक्षाफल प्राप्त गर्न सकिने जनाएको छ ।

परीक्षाफल हेर्नका लागि :

प्रकाशित मिति : २०८० श्रावण २९ गते, सोमबार


Scroll to Top

Janata Media