५ पटकको विजेता भारत साफ महिला च्याम्पियनसिपमा फाइनलमा पुग्न सकेन

जनता संवाददाता
२०७९ आश्विन ३ गते, सोमबार

काठमाडौँ । डिफेण्डिङ च्याम्पियनसहित ५ पटकको विजेता भारत उपाधि रक्षा गर्ने लक्ष्यसहित छैटौं संस्करणको साफ महिला च्याम्पियनसिप खेल्न नेपाल आएको थियो । तर भारत फाइनलमै पुग्न सकेन ।

अहिलेसम्म भएका सबै ५ वटा संस्करणके उपाधि जितेको भारतको दबदबा छैटौं संस्करणमा तोडियो ।

पाँच पटक साफ च्याम्पियनसिप उपाधि र तीन पटक दक्षिण एसियाली खेलकुद (साग)को फुटबलमा स्वर्ण जितेको भारतले यो पटक अहिलेसम्मकै कमजोर प्रदर्शन गर्‍यो ।

भारतलाई हराएको नेपाल र बंगलादेश नै यस पटक फाइनलमा प्रवेश गरेका छन् । दशरथ रंगशालमा हुने नेपाल र बंगलादेशबीचको फाइनल जसले जिते पनि इतिहास बनाउनेछन् र साफ महिला च्याम्पियनसिपले पनि नयाँ विजेता पाउनेछ ।

दुई सातापछि नै फिफाले निलम्बन हटायो । निलम्बन हटाएको दुई दिनपछि मात्र अगष्ट २८ मा प्रशिक्षक सुरेन क्षेत्रीले २६ जना प्रारम्भिक खेलाडीको सूची सार्वजनिक गरेका थिए । भारतीय टिमका लागि पुणेमा अगष्ट २९ देखि सेप्टेम्बर २ सम्म तयारी क्याप राखिएको थियो ।

कप्तान अशलता देवीले निलम्बनको पीडालाई भुलेर अघि बढ्न चाहने बताएकी थिइन् । ‘हामीसँग थोरै समय थियो । तर हामी खेलमा केन्द्रित छौँ । हामी लामो समयदेखि यसका लागि पर्खिरहेका छौँ र यो महत्वपूर्ण टुर्नामेन्ट हो’, अशलतादेवीले भनेकी थिइन् ।

 

प्रकाशित मिति : २०७९ आश्विन ३ गते, सोमबार


Scroll to Top

Janata Media