त्रिदेशीय टी–२० सिरिजमा न्युजिल्याण्डको पहिलो जित

जनता संवाददाता
२०७९ आश्विन २३ गते, आईतवार

काठमाडौँ । त्रिदेशीय टी–२० सिरिजमा घरेलु टोली न्युजिल्याण्डले पहिलो जित निकालेको छ । उसले आज बंगलादेशलाई ८ विकेटले हराउँदै पहिलो जित निकालेको हो ।

१३८ रनको लक्ष्य न्युजिल्याण्डले १७।५ ओभरममा २ विकेट गुमाउँदै भेट्टायो । उसका लागि डेभोन कोन्वेले अविजित ७० रनको पारी खेले । ५१ बलको सामना गरेका उनले ७ चौका र १ छक्का प्रहार गरे ।

कप्तान केन विलियमसनले ३०, ग्लेन फिलिप्सले अविजित २३ र फिन एलनले १६ रन बनाए । बंगलादेशका लागि सोरिफुल स्लाम र हसन मोहमले १–१ विकेट लिए ।

त्यसअघि क्राइस्टचर्चास्थित हेग्ली ओभरमा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३७ रन बनाएको थियो । उसका लागि नजमुल हुसेनले सर्वाधिक ३३ रनको योगदान दिए ।

नुरुल हसनले अविजित २५, आफिफ हुसेनले २४, कप्तान सकिब हल हसनले १६ र लिटोन दासले १४ रन जोडे । न्यूजिल्याण्डका लागि ट्रेन्ड बोल्ट, टिम साउदी, इश सोधी र माइकल ब्रेसवेलले २–२ विकेट लिए ।

जितसँगै न्युजिल्याण्डले २ खेलमा २ अंक जोड्दा दुवै खेलमा पारजय बेहोरेको बंगलादेश अंक विहिन छ । अघिल्लो खेलमा दुवै टोली पाकिस्तानसँग पराजित भएका थिए ।

प्रकाशित मिति : २०७९ आश्विन २३ गते, आईतवार


Scroll to Top

Janata Media