अत्यधिक चिसोका कारण हुम्लाका चार केन्द्रमा मतदान सुरु हुन सकेन

जनता संवाददाता
२०७९ मंसिर ४ गते, आईतवार

हुम्ला । हुम्लाका चार मतदान केन्द्रमा चिसोका कारण मतदान सुरु हुन सकेको छैन।

नाम्खा गाउँपालिका-६ का तिल, जाङ, हलजी र वडा-५ को मुचुमा अत्यधिक चिसोका कारण मतदान सुरु हुन सकेको छैन ।

हल्जी गाउँको सुनखानी आधारभूत विद्यालय, जाङ गाउँको भृकुटी आधारभूत विद्यालय, तिल गाउँको हिमशिखर आधारभूत विद्यालय र मुचुको खासरपानी आधारभूत विद्यालयमा रहेका मतदान केन्द्रमा अत्यधिक चिसोका कारण मतदान प्रक्रिया सुरु हुन नसकेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

हुम्लाका ५९ मतदान केन्द्रमध्ये ५५ मतदान केन्द्रमा भने शान्तिपूर्ण मतदान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ मंसिर ४ गते, आईतवार


करार सेवा परिपूर्ति सम्बन्धि हिमाली गाउँपालिका, बाजुराको सूचना
Scroll to Top

Janata Media