नेपाली यू–२३ भलिबल टोली बंगलादेश प्रस्थान

जनता संवाददाता
२०७९ पुष ५ गते, मंगलवार

काठमाडौँ । काभा यू–२३ पुरुष भलिबल च्याम्पियनसिप खेल्ने नेपाली टिम बंगलादेश प्रस्थान गरेको छ । नेपाली टिम मंगलबार दिउँसो बंगलादेश प्रस्थान गरेको हो ।

नेपाली टिमलाई आइतबार नेपाल भलिबल संघले बिदाइ गरेको थियो । काभा यू–२३ पुरुष भलिबल च्याम्पियनसिप ७ देखि ११ पुससम्म बंगलादेशको ढाकामा आयोजना हुँदैछ ।

च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल, श्रीलंका र किर्गिस्तान गरी चार टोलीको सहभागिता छ । नेपालले च्याम्पियनसिपको पहिलो खेलमा पस ७ गते आयोजक बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । त्यस्तै, दोस्रो खेल पस ८ गते श्रीलंकासँग खेल्दा पस ९ गते हुने लिग चरणको अन्तिम खेलमा किर्गिस्तानसँग खेल्नेछ ।

नेपाली यू–२३ टिम

धिरोजकुमार बस्नेत, रवि केसी, सन्तोष खत्री, अर्जुन नेपाली, रूपबहादुर गुरौ, विष्णु बस्नेत, सफल विक, सन्तोष महता, मनिष मानन्धर, हेमन्त मल्ल, वेद प्रकाश जोशी, सम्राट भण्डारी, गौरव पाण्डे र भीमराज गुरुङ ।

प्रकाशित मिति : २०७९ पुष ५ गते, मंगलवार


Scroll to Top

Janata Media