माओवादीले बनायो बृहत बाम एकताका लागि कार्यदल

जनता संवाददाता
२०७९ पुष २३ गते, शनिबार

काठमाडौं । नेकपा माओवादी केन्द्रले वामपन्थी एकताको लागि पाँच सदस्यीय कार्यदल बनाएको छ ।

एउटै चुनाव चिह्नमा चुनाव लडेका नेपाल समाजवादी पार्टी ९नेसपा० र माओवादीबीच पार्टी एकताको पहल भइरहेको छ । साथसाथै नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले पनि ‘विचार मिल्नेहरुसँग पार्टी एकता गर्न’ भन्दै कार्यदल बनाएको छ । यही बेला माओवादीले पनि उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा कार्यदल बनाएको हो ।

कार्यदलमा महासचिव देव गुरुङ, उपमहासचिवहरु गिरिराजमणि पोखरेल, जनार्दन शर्मा र शक्ति बस्नेत सदस्य छन् । कार्यदलले बृहत वाम एकताको पहल गर्ने कार्यदल संयोजक महराले बताएका छन् ।

प्रकाशित मिति : २०७९ पुष २३ गते, शनिबार


Scroll to Top

Janata Media