छायाँनाथ रारा नगरपालिकामा बसपार्क उद्घाटन, २० लाख बराबरको जनश्रमदान

जनता संवाददाता
२०७९ माघ १ गते, आईतवार

मुगु । मुगु जिल्ला सदरमुकाम गमगढीको छायाँनाथ रारा नगरपालिकाले बसपार्कको उद्घाटन गरिएको छ । जिल्लामा बसपार्क नहुँदा सवारी साधन पार्किङ गर्न समस्या हुने तथा सवारी साधनहरु सडकमै पार्किङ गर्नुपर्ने बाध्यता थियो ।

छायाँनाथ रारा नगरपालिका वडा न १ का वडा अध्यक्ष पदम राज मल्लले बसपार्क व्यवस्थापन भएसमग्र जिल्ला लगायत छायानाथ रारा नगरपालिकाको मुहार फेरिने बताए । उनले लामो समयपछि बसपार्क स्थापना गर्न पाउँदा खुसी महसुस भएको बताए । कार्यक्रममा छायानाथ रारा नगरपालिका नगर प्रमुख विष्णु कुमार भामले बसपार्क निर्माणमा आफनो सक्दो सहयोग भयको र अझै आउदा दिनहरूमा सहयोग रहने समेत बताए ।

स्थानीय को चन्दा स्वरूप झडै १२०० वर्ग मीटर र सार्वजनिक जग्गामा बसपार्क निर्माण गरीएको हो । कुल अनुमान १५ कठा जग्गामा करिब १ करोड़ ५० लाख र २० लाख बराबरको जनश्रमदान मा मुगूको बसपार्क सञ्चालन भएको छायाँनाथ रारा नगरपालिका ले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : २०७९ माघ १ गते, आईतवार


करार सेवा परिपूर्ति सम्बन्धि हिमाली गाउँपालिका, बाजुराको सूचना
Scroll to Top

Janata Media