काठमाडौं । नेपालकी पुष्पा भण्डारीले बंगबन्धु शेख मुजिव ढाका म्याराथनमा दोस्रो पटक स्वर्ण पदक जितेकी छन् ।
सल्यानको शारदा नगरपालिका वडा नम्बर १४ घर भएकि पुस्पाले शुक्रबार बिहान बंगलादेशको ढाकामा सम्पन्न म्याराथनको दक्षिण एसियाली प्रतिस्पर्धामा २ घण्टा ४८ मिनेट २ सेकेण्डको टाइमिङसहित पुष्पाले स्वर्ण जितेकी हुन् ।
पुष्पाले ४२.१९५ को निर्धारित दुरी २ घण्टा ४८ मिनेट २ सेकेण्डमा नेपाललाई स्वर्ण दिलाईन् ।
नेपालकै विन्द्रा धानके श्रेष्ठले तेस्रो स्थान हात पार्दा श्रीलंकाकी सुजनी परेराले रजत पदक जितिन् । पुष्पाले सुजनीलाई २० सेकेण्डले पछि पार्दै स्वर्ण जितेकी हुन् ।
पुष्पाले यसअघि सन् २०२१ मा पनि स्वर्ण पदक जितेकी थिईन् । सन् २०२२ मा भने उनले कास्य पदक मात्र हात पारेकी थिईन् ।