सुत्केरी हुन नसकेपछि जुनकलीको हेलिकप्टरबाट उद्वार

जनता संवाददाता
२०७९ फाल्गुन ३० गते, मंगलवार

हुम्ला । सुत्केरी हुन नसकेपछि हुम्लाको चंखेली गाउँपालिका वडा नं २ कि एक बालिकाको हेलिकप्टरबाट उद्वार गरिएको छ । गत दुई दिनदेखि सुत्केरी व्यथा लागेर पिप्लाङ बर्थिङ सेन्टरमा लिएकी चंखेली गाउँपालिका वडा नं २ निवासी जुनकली कामीलाई हेलिकप्टरबाट उद्वार गरिएको हो ।

हिजो बुधबार दिउसोबाट सुत्केरी व्यथाले घरमै थला परेकी कामिलाई सोहि गाउँपालिका वडा नम्बर ४ पिप्लाङमा रहेको बर्थिङ सेन्टरमा सुत्केरी गराउने पर्यास गरे पनि सफल नभएपछि उनलाई आज विहबार कर्णाली प्रदेशको प्रादेशिक अस्पताल सुर्खेतमा उद्वार गरिएको हो ।

उनको उद्वारका लागि चंखेली गाउँपालिका जनप्रतिनिधि, जिल्ला अस्पताल, हुम्ला जिल्ला निर्वाचन क्षेत्र (क)बाट निर्वाचित प्रदेश संसद रणसिंह परियार र जिल्ला प्रशासन कार्यालयले पहल गरेपछि उद्वार भएको हो ।

उनलाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकप्टरबाट उद्वार गरिएको हो । कामीलाई सुर्खेत स्थित कर्णाली प्रदेश अस्पतालमा लगिएको छ ।

उद्धार कार्यमा चंखेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाही, उपाध्यक्ष प्रेमकला शाही लगायत गाउँपालिकाको सिंगो टिम लागिपरेको थियो ।

प्रकाशित मिति : २०७९ फाल्गुन ३० गते, मंगलवार


Scroll to Top

Janata Media