सल्यानमा बस दुर्घटनाः १४ जना घाइते, चारको अवस्था गम्भीर

जनता संवाददाता
२०८१ बैशाख ५ गते, बुधबार

सल्यान । दाङ घोराहीबाट रुकुमकोट जाँदै गरेको रा १ ख २०८५ नम्बरको यात्रुवाहक बस सल्यान बागचौर नगरपालिका वडा नं.२ थारमारे ठिनवाङ खोला पुल नजिकै दुर्घटना भएको छ ।

दुर्घटनामा परि केही यात्रु घाइते भएका छन् । घाइते सबैको जनप्रिय पोलिक्लिनिक र सहज पोलिक्लिनिक बागचौरमा लगिएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

प्रकाशित मिति : २०८१ बैशाख ५ गते, बुधबार


Scroll to Top

Janata Media