सर्केगाड उपनिर्वाचनः ४३ मतको झिनो मतान्तरले माओवादीकी देवकी निर्वाचित

जनता संवाददाता
२०८१ मंसिर १८ गते, मंगलवार

हुम्ला । ४३ मतको झिनो मतान्तरले माओवादीकी देवकी तिमल्सिना निर्वाचित भएकी छन् । हुम्लाको सर्केगाड गाउँपालिकामा उपाध्यक्षका लागि भएको उपनिर्वाचनमा ४३ मतको झिनो मतान्तरले माओवादीकी देवकी तिमल्सिना निर्वाचित भएकी हुन् ।

सर्केगाडमा जम्मा ६,८१० मतदाता रहेकामध्ये ४,५२४ मत खसेको थियो । तिमल्सिनाले १,६३७ मत ल्याएर विजय हासिल गरेकी हुन् । उनकी निकटतम् प्रतिद्धद्धि नेपाली कांग्रसकी सबिता बुढाले १,५९४, नेकपा एमालेकी जाना शाहीले १,१३२, राष्ट्रिय प्रजातन्त्र पार्टीकी संगिता शाहीले ५१, राष्ट्रिय स्वतन्त्र पार्टीकी बाँचा बुढाले २५ र स्वतन्त्र उम्मेद्वार नरेश शाहीले ९ मत प्राप्त गरे ।

खसेका मतमध्ये ७८ मत बदर भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले घोषणा भने गरेको छैन ।

प्रकाशित मिति : २०८१ मंसिर १८ गते, मंगलवार


Scroll to Top

Janata Media