फिलिपिन्समा डुङ्गा दुर्घटना, ३० जनाको मृत्यु

जनता संवाददाता
२०८० श्रावण १२ गते, शुक्रबार

काठमाडौँ । क्षमताभन्दा धेरै यात्री बोकेको यात्रीवाहक एउटा डुङ्गा फिलिपिन्सको राजधानी मनिला नजिक एउटा तालमा दुर्घटना हुँदा ३० जनाको मृत्यु भएको छ भने ४० जनाको उद्धार गरिएको छ । बयालीस जना यात्री क्षमताको उक्त डुङ्गामा ७० जना सवार थिए ।

तालमा हुरी चलेको त्यसबाट त्रस्त अधिकांश यात्री डुङ्गाको एकभागमा एकत्रित हुँदा सन्तुलन बिग्रेर दुर्घटना भएको फिलिपिन्सका तटरक्षकले बताएका छन् । डुङ्गामा अन्य यात्री पनि रहेको आशङ्का गरिएको छ ।

बिनगोनान नगरपालिकाको बन्दरगाहबाट लागुना तालमा रहेको टापुतर्फ गइरहेका बेला बिहीबार अपराह्न उक्त दुर्घटना भएको हो । सात सयभन्दा बढी टापु भएको फिलिपिन्समा जल यातायात सुरक्षा नियम पालना नहुँदा बर्सेनि सयौँले ज्यान गुमाउने गरेका छन् ।

 

प्रकाशित मिति : २०८० श्रावण १२ गते, शुक्रबार


Scroll to Top

Janata Media