काठमाडौँ । चन्द्रमा मिसनका लागि पठाइएको रुसको लुना–२५ अन्तरिक्ष यान चन्द्रमामा दुर्घटना भएको छ।
अन्तरिक्ष यान घुम्ने क्रममा नियन्त्रण बाहिर गइ दुर्घटना भएको रुसी अन्तरिक्ष संस्था रस्मोकसले जनाएको हो।
चन्द्रमाको दक्षिणी ध्रुवको सतहमा अवतरण गर्नुअघि यान दुर्घटनामा परेको थियो। रुसको यो ५० वर्षपछिको पहिलो चन्द्रमा मिसन थियो। निर्धारित समय अनुसार रुसको यो यान सोमबार चन्द्रमाको सतहमा अवतरण गर्नुपर्ने थियो।
यो मिसनको उद्देश्य दक्षिणी ध्रुवमा चन्द्रामाको सतहमा पानी जमेको वा अन्य महत्त्वपूर्ण खनिजहरू हुनसक्ने अनुमानबारे अध्ययन गर्नु थियो। स्थानीय समय अनुसार शनिवार २ बजेर ५७ मिनेटपछि लुना–२५ को सम्पर्क टुटेको थियो। हालसम्म चन्द्रमाको दक्षिणी ध्रुवमा कुनै पनि मुलुकले आफ्नो अन्तरिक्ष यानलाई सफलतापूर्वक अवतरण गराएका छैनन्।