श्रीलंकालाई १० विकेटले पराजित गर्दै एसिया कपको उपाधि भारतलाई

जनता संवाददाता
२०८० भाद्र ३१ गते, आईतवार

काठमाडौँ । भारतले एसिया कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । श्रीलंकाको कोलम्बोमा आज भएको फाइनल खेलमा घरेलु टिम श्रीलंकालाई १० विकेटले पराजित गर्दैै भारतले आठौँपटक एसिया कपको उपाधि जितेको हो ।

भारतका जितमा मोहम्मद सिराज नायक रहे । टस जितेर पहिला ब्याटिङ गरेको श्रीलंकालाई ५० रनमै अलआउट गर्नुमा उनको मुख्य भूमिका थियो । उनले ६ विकेट लिएका थिए । यस्तै हार्दिक पंड्याले ३ विकेट लिए भने जसप्रित बुमराहले एक विकेट लिए ।

५० रनको लक्ष्य पाएको भारतले ६।१ ओभरमा जित हात पारेको हो । भारतका लागि शुभमन गिलले २७ रन र इसान किसनले २३ रन बनाए । सुपर फोरमा बंगलादेश र पाकिस्तानलाई पराजित गरेर श्रीलंका फाइनलमा पुगेको थियो । भारतले पाकिस्तान र श्रीलंकालाई पराजित गरेको थियो । श्रीलंका गत संस्करणको उपाधि विजेता टिम हो ।

प्रकाशित मिति : २०८० भाद्र ३१ गते, आईतवार


Scroll to Top

Janata Media