हुम्लामा तुइन तर्ने क्रममा चुँडिदा कर्णाली नदीमा एक जना बेपत्ता

जनता संवाददाता
२०८० आश्विन २१ गते, आईतवार

हुम्ला । तुइन तर्ने क्रममा खस्दा कर्णाली नदीमा एक जना बेपत्ता भएका छन् । हुलाको सर्केगाड गाउँपालिका -२ रिपस्थित ल्याप्चे घाटमा शनिबार तुइन तर्ने क्रममा तुईन तान्ने डोरी चुँडिदा ३८ वर्षीय मक्कर सिंह नेपाली कर्णाली नदिमा खसि बेपत्ता भएका हुन् ।

तर्ने क्रममा तुइन चुँडिएपछि मुगु जिल्ला सोरु गाउँपालिका ५ नेर गाउँका नेपाली बेपत्ता भएको कर्णाली करिडोर सडक निर्माण कार्यदल सुनखाडाले जनाएको बराहदल गुल्म रानीबन ब्यारेक सिमकोटका गुल्मपती सेनानी दिनेश खड्काले बताए ।

कर्णाली करिडोरको ग्युसी छारे खण्डको छारे भिरमा सडक निर्माणको काम गर्न मुगुबाट आएका नेपाली काम सकेर बासस्थान तिर जाने क्रममा शनिबार साँझ ६ बजे ल्याप्चेमा रहेको तुईनबाट खसेर कर्णाली नदीमा बेपत्ता भएको सेनानी खड्काले बताए । यस घटनाबारे अहिलेसम्म कुनै पनि जानकारी नआएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

प्रकाशित मिति : २०८० आश्विन २१ गते, आईतवार


Scroll to Top

Janata Media