जाजरकोट भूकम्प अपडेट: मृत्यु हुनेको सङ्ख्या १२८, १४१ जना घाइते

जनता संवाददाता
२०८० कार्तिक १८ गते, शनिबार

काठमाडौँ । जाजरकोट केन्द्रविन्दू बनाएर शुक्रबार राति आएको भूकम्पमा परेर अहिलेसम्म १२८ जनाको मृत्यु भएको छ भने १४१ जना घाइते भएका छन्।

प्रहरीका अनुसार जाजरकोटमा ९२ जनाको मृत्यु भएको छ भने ५५ जना घाइते भएका छन्।

त्यस्तै पश्चिम रुकुममा ३६ जनाको मृत्यु भएको छ भने ८५ जना घाइते भएका छन्।

यो पनि पढ्नुहोस्:

जाजरकोट भुकम्प: १‍‍८ जनाको मृत्यु

जाजरकोटमा मात्रै भूकम्पबाट ३७ जनाको मृत्यु

जाजरकोट भूकम्प: नगर उप-प्रमुखसहित मृत्यु हुनेको संख्या ७१ पुग्यो

जाजरकोट भूकम्प अपडेटः जाजरकोट र रुकुम पश्चिममा गरी ८० जनाको मृत्यु

प्रकाशित मिति : २०८० कार्तिक १८ गते, शनिबार