गोकर्णेश्वरको वडा र नगरपालिकाको कार्यालयमा फेसबुक र युट्युब चलाउन नपाइने

जनता संवाददाता
२०८० मंसिर ९ गते, शनिबार

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाको कार्यालय र सम्पूर्ण वडाहरुको कार्यालयमा फेसबुक र युट्युब चलाउन नपाईने भएको छ । नगरपालिकाले कार्यालयभित्र फेसबुक र युट्युब चलाउन नपाईने भएको हो ।

कार्यालयभित्र कर्मचारीहरुले जनताको काम नगरी फेसबुक युट्युब चलाउने गरेको भन्दै सर्वसाधारणको गुनासो आएपछि चलाउन नपाईने निर्णय गरेको नगरप्रमुख दिपक रिसालले जानकारी दिए । ‘जनताको सेवामा नियमित खटिने र सेवा प्रवाहलाई छिटो छरितो बनाउनु पर्ने कर्मचारीले फेसबुक र युट्युब चलाएर सेवा प्रवाह अवरुद्ध गर्ने भएकाले कर्मचारीलाई कार्यालय समय अवधिभित्र फेसबुक र युट्युब चलाउन बन्द गरेको हो ।’ जनता मिडियासँग उनले भने ।

यदि यो नियम उलङ्घन गरेको खण्डमा नगरपालिकाले सम्बन्धित कर्मचारीलाई कारबाही अगाडी बढाउने नगरप्रमुख रिसालले बताए ।

सामाजिक सञ्जालका यी दुई माध्यमलाई गोकर्णेश्वर नगरपालिकाको कार्यालय समयभित्र प्रयोगमा रोक लगाईएको हो ।

प्रकाशित मिति : २०८० मंसिर ९ गते, शनिबार


Scroll to Top

Janata Media