
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री तथा कांग्रेसका नेता बालकृष्ण खाणलाई उच्च अदालत पाटनले ३० लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको छ । उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले यस्तो आदेश दिएको अदालतका रजिष्ट्रार ठगिन्द्र कट्टेलले लोकपथलाई जानकारी दिए ।
यसअघि जिल्ला अदालतको आदेशबमोजिम थुनामा रहेका खाणलाई छाड्ने विषयमा मंसिर १५ गते सुनुवाइ भएको थियो । उक्त सुनुवाइको क्रममा न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलबीच राय बाझिएको थियो । तेस्रो न्यायाधीशको इजलासमा सुनुवाइ भएको हो ।