अभिनेता पल शाहको मुद्धामा सर्वोच्चले फेरी सुनुवाई गर्ने

जनता संवाददाता
२०८० मंसिर ३० गते, शनिबार

काठमाडौं । उच्च अदालत पोखराले अभिनेता पल शाहको मुद्दामा गरेको फैसलाको फेरी सुनुवाई गरिने भएको छ । पलको फैसला दोहोर्‍याउन सर्वोच्च अदालतले निस्सा प्रदान गरेपछि उच्च अदालत पोखराले गरेको फैसला कार्यान्वयन नहुने भएको हो ।

सुष्मालता माथेमा र हरि फुयालको संयुक्त इजलासले विगतको फैसला लागु नर्गन आदेश जारी गरेको हो । सरकारी वकिलले फैसला चित्त नबुझेको भन्दै पलको मुद्दामा निस्सा मागेका थिए ।
उच्च अदालत पोखराले अब सुनुवाइ दोहोर्‍याउँदै पुनः फैसला गर्नु पर्नेछ ।

नाबालिग बलात्कारको अभियोग लागेका पलको मुद्दामा उच्च अदालत पोखराका तत्कालीन कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले सफाइ दिएको थियो ।

प्रकाशित मिति : २०८० मंसिर ३० गते, शनिबार


Scroll to Top

Janata Media