प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार घिमिरे र श्रेष्ठलाई प्रदान गरिने

जनता संवाददाता
२०८० पुष २० गते, शुक्रबार

काठमाडौँ । प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार रोचक घिमिरे र रुक्मिनी श्रेष्ठलाई प्रदान गरिने भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानले यसै वर्ष पहिलो पटक प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता पुरस्कार र प्रज्ञा नेपाली मातृभाषा साहित्यिक पत्रकारिता पुरस्कारको स्थापना गरेको हो ।

बैठकलाई सम्बोधन गर्दै प्रज्ञा-प्रतिष्ठानका कुलपति राईले साहित्यिक पत्रकारिता भनेको सम्पूर्ण भाषा सेवी र स्रष्टाहरूको बौद्धिक उत्पादन शाला हो । यो सबै तह तप्काको प्राज्ञिक खुराक हो । यसले प्राज्ञिक र सांस्कृतिक सत्ताको क्षेत्रमा सर्वोपरि भूमिका वहन गर्न सक्नु पर्ने बताए ।

प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता पुरस्कार वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेलाई प्रदान गर्ने निर्णय गरेको छ। यसै गरी प्रज्ञा-प्रतिष्ठानले प्रज्ञा नेपाली मातृभाषा साहित्यिक पत्रकारिता पुरस्कार वरिष्ठ साहित्यिक पत्रकार रुक्मिणी श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ ।

दुवै पुरस्कारको राशि जनही ५० हजार रुपियाँ रहेको छ । उक्त पुरस्कार २०८० साल पुस २९ गते प्रदान गरिने प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले जानकारी दिए ।

प्रकाशित मिति : २०८० पुष २० गते, शुक्रबार


Scroll to Top

Janata Media