काठमाडौँ । बिर बहादुर ठगि प्रकरणमा आफ्नो नाम जोडि समाचार प्रकाशन गरेको भन्दै कर्णाली प्रदेश सरकारका पूर्व उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाका स्वकिय सचिव लालप्रसाद जैसीले जनता मिडियाका प्रबन्ध निर्देशक एवम् पत्रकार चक्र दानीलाई धम्की दिएका छन् ।
जैसीले समाचार प्रकाशन भए लगत्तै दानीलाई फोन गरेर धम्कीपूर्ण अभिव्यक्ति दिएका हुन् । ‘भाई तैँले गर्न खोजेको के हो…?? तँ धेरै भको होस्…अब तँ जे गर्न सक्छस् गर्’ भन्दै फोनमा धम्कीपूर्ण अभिव्यक्ति दिएका हुन् ।
गत माघ ७ गते आईतवार जनता मिडियामा बिर बहादुरले ठगी गरेको ४ लाख बढी रकममा पूर्वमन्त्रीका स्वकिय सचिवको कनेक्सन शिर्षकमा समाचार प्रकाशन भएको थियो । समाचारमा ५ लाख ६८ हजार नगद र ८८ हजार जैसीको बैँक खातामा जम्मा गरेको बिर बहादुर रोकायाको दाबी छ ।
भिडियो हेर्नुहोस्ः
यो पनि पढ्नुहोस्ः
योजना मिलाईदिने भन्दै बिर बहादुर रोकायाले लिए झण्डै ४ लाख कमिशन
पिडित भन्छन्: हाम्रो पैसा फिर्ता गरेर बिर बहादुरलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ







