काठमाडौँ उपत्यकामा छिटफुट वर्षा

जनता संवाददाता
२०८० फाल्गुन १० गते, बिहीबार

काठमाडौं । अहिले पश्चिमी वायुको प्रभावका कारण देशभरको मौसम आंशिकदेखि सामान्य बदली भएको छ । बिहीबार दिउँसो काठमाडौँ उपत्यकामा फाट्टफुट्ट वर्षा भएको छ ।

मौसम विज्ञान विभाग अन्तर्गतको जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँ उपत्यकाका बल्खु, कालीमाटी, टेकु, सुन्धारा आसपासमा सामान्य वर्षा भएको छ ।

महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार बिहीबार सामान्य वर्षा भए पनि ठुलो पानी पर्ने सम्भावना छैन। उनले भने, “पश्चिमी वायुको प्रभावले उपत्यकाका केही स्थानमा सामान्य वर्षा भएको हो । यो क्रम केही बेरमा नै रोकिनेछ । ”

अहिले देशभरका अधिकांश स्थानको मौसम बदली भएको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा भने साँझसम्म नै हिउँ पर्ने सम्भावना रहेको उनको भनाइ छ ।

भोलिदेखि भने मौसमिमा सुधार हुँदै जाने सम्भावना रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : २०८० फाल्गुन १० गते, बिहीबार


Scroll to Top

Janata Media