तनहुँबाट पाँच हजार विद्यार्थीले एसइई दिँदै

जनता संवाददाता
२०८० चैत्र ३ गते, शनिबार

काठमाडौं । तनहुँबाट चैत १५ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि झण्डै साढे पाँच हजार बढी विद्यार्थी सामेल हुने भएका छन् ।

परीक्षाका लागि पाँच हजार चार सय ६२ परीक्षार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई तनहुँले जनाएको छ । इकाईका अनुसार विद्यार्थी मध्ये प्राविधिकतर्फ एक सय ३३ र ग्रेडवृद्धितर्फ ७८ परीक्षार्थी छन् ।

एसइईका लागि २६ परीक्षा केन्द्र तोकिएको इकाईका प्रमुख उद्धवराज कट्टेलले जानकारी दिए ।

प्रकाशित मिति : २०८० चैत्र ३ गते, शनिबार


Scroll to Top

Janata Media