
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्गलबारको प्रतिनिधि सभाको बैठकमा सांसदले गर्नुभएका प्रश्नको जवाफ दिएका छन् । बैठकमा प्रधानमन्त्री प्रचण्डले १३ जना सांसदको प्रश्नको जवाफ दिएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको राजीनामा माग, भ्रष्टाचार, सुन तस्करी, जग्गा हिनामिनालगायतका विषयमा सांसदले उठाएका प्रश्नको जवाफ दिए हुन् ।
कांग्रेसले संसदमा गृहमन्त्री लामिछानेको राजीनामा माग गरिरहेकोमा अनुसन्धानबाट दोषी प्रमाणित भए कारबाही गरिने प्रतिबद्धता जनाएका छन् ।