सर्वोच्चद्वारा दुर्गा प्रसाईंको पक्षमा रिट जारी

जनता संवाददाता
२०८० चैत्र १२ गते, सोमबार

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पक्षमा रिट जारी गरेको छ ।

सोमबार सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडार र शारङ्गा सुवेदीको संयुक्त इजलासले रिट जारी गरेको हो ।

मेडिकल व्यवसायी प्रसाईंले मेडिकल कलेज सञ्चालन गर्न पाउनुपर्ने माग राखी सर्वोच्चमा रिट दायर गरेका थिए ।

झापाको बिएण्डसी मेडिकल कलेजको तर्फबाट दायर रिटमा सर्वोच्चका न्यायाधीशद्वय चुडाल र सुवेदीको इजलासले सो रिट जारी गरेको हो । सोमबार रिट जारी भए पनि संक्षिप्त आदेश आएको छैन ।

प्रकाशित मिति : २०८० चैत्र १२ गते, सोमबार


Scroll to Top

Janata Media