काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले आईसीसी टी–२० विश्वकपको जर्सी लगाएर संसद् भवन पुगेका छन्।
रास्वपाका सांसदहरू नेपाली टीमको सम्मान र हौसलाका लागि संसद बैठकमा टीमको जर्सी लगाएर सहभागी भएका हुन् ।
नेपाली टीमको हौसलाका लागि आफूहरू संसद बैठकमा नेपाली टीमको जर्सी लगाएर आएको सांसदहरुले बताए ।उनीहरुले संसद् भवन प्रवेश गर्नु अघि सामूहिक तस्बिर समेत खिचाएका छन्।
नेपालले आईसीसी विश्वकपमा मंगलबार नेदरल्याण्डको सामना गर्दैछ । दोस्रो पटक आईसीसी टी–२० विश्वकपमा सहभागी भएको नेपालको सफलताका लागि राष्ट्रपति र प्रधानमन्त्रीसहित दलका नेताहरूले पनि शुभकामना दिइसकेका छन् ।







