८३ जनाबाट दुई करोड ६३ लाख ठगी गर्ने उपाध्याय युएईबाट पक्राउ

जनता संवाददाता
२०८० पुष २ गते, सोमबार

काठमाडौँ । दुबईका आकर्षक तलबमा काम लगाई दिने भन्दै ८३ जनाबाट दुई करोड त्रिसट्ठी लाख चौवन्न हजार छ सय दस रुपियाँ ठगी गर्ने कोमल राज उपाध्यायलाई प्रहरीले पक्राउ गरेको छ । युएई मा लुकेर बसिरहेको अवस्थामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरी कारबाही अघि बढाएको हो ।

सर्लाहीको जानकीनगर गाविस ७ स्थायी घर भई हाल काठमाडौँको कागेश्वरी मनोहरा – ७ घर रहेका ४१ वर्षीय उपाध्यायलाई प्रहरीले पक्राउ गरेको विज्ञप्ति मार्फत जनाएको छ । श्रीराम रानाभाट समेत ८३ जना व्यक्तिहरूले ठगी गरेको भन्दै प्रहरीमा उजुरी दिएका थिए । त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सी सञ्चालन गरी उपाध्यायले उक्त व्यक्तिहरूबाट ठगी गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० पुष २ गते, सोमबार


Scroll to Top

Janata Media