बालुवाटारमा संवैधानिक परिषद्को बैठक सुरु

जनता संवाददाता
२०८१ भाद्र २८ गते, शुक्रबार

काठमाडौं । बालुवाटारमा संवैधानिक परिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा शुक्रबार साँझ बैठक बसेको हो ।

बैठकमा प्रधानमन्त्री ओली, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख इन्दिरा राना र प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी भएका छन् ।

बैठकले प्रधानन्यायाधीश र संवैधानिक निकायका केही अंगमा रिक्त रहेका पदाधिकारीको नियुक्ति र सिफारिसको विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : २०८१ भाद्र २८ गते, शुक्रबार


Scroll to Top

Janata Media