भारतको बिहारमा मदिरा सेवनबाट २० जनाको मृत्यु

जनता संवाददाता
२०८१ कार्तिक २ गते, शुक्रबार

काठमाडौँ । भारतको पूर्वी राज्य बिहारमा अवैध मदिरा सेवन गरेपछि गत तीन दिनमा २० जनाको मृत्यु भएको छ । धेरैलाई अस्पताल भर्ना गरिएको छ ।

राज्यको सिवान जिल्लामा १५ जनाको मृत्यु भएको छ भने सारण जिल्लामा ५ जनाको मृत्यु भएको छ । अवैध मदिरा सेवनका कारण मृत्यु हुनेको सङ्ख्या पुष्टि गर्दै बिहारका प्रहरी महानिर्देशक आलोक राजले अवैध मदिरा आपूर्ति गरेको आरोपमा हालसम्म १२ जनालाई पक्राउ गरिएको बताए । केही अनलाइन मिडिया रिपोर्टहरूले मृतकको सङ्ख्या ३६ पुगेको दाबी गरेका छन् ।

बिहारमा अप्रिल २०१६ देखि मदिराको विक्री र उपभोगमा प्रतिबन्ध लगाइएको छ । तर अवैध रूपमा राज्यभर मदिरा विक्री हुने क्रम जारी छ ।

प्रकाशित मिति : २०८१ कार्तिक २ गते, शुक्रबार


Scroll to Top

Janata Media