हुम्लामा भीरबाट लडेर एक जनाको मृत्यु

जनता संवाददाता
२०८१ कार्तिक २७ गते, मंगलवार

हुम्ला । हुम्लामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । सर्केगाड गाउँपालिका  ८ राहदेव गाउँका ४९ वर्षीय घण्टपाल रोकायाको भीरबाट लडेर मृत्यु भएको हो ।

स्थानीय भरिकाङ कमन्द वनमा भेडा चराउन गएका रोकायाको सोमबार दिउँसो भीरबाट लडेर मृत्यु भएको उनका भाइ रेशमराज रोकायाले बताए ।

भेडाबाख्रा व्यवसाय गर्दै आएका मृतक रोकायाका दुई छोरा, दुई छोरी र श्रीमती छन् ।

 

प्रकाशित मिति : २०८१ कार्तिक २७ गते, मंगलवार


Scroll to Top

Janata Media