काठमाडौँ । बिनय कार्की र अन्जना सारुको आवाजमा ‘किन छिन छिन’ बोलको गित सार्वजनिक भएको छ । कमल खत्रीको शब्द रचनामा निर्माण गरिएको उक्त गित ओएसआर डिजिटल मार्फत आज सोमबार सार्वजनिक गरिएको हो ।
यस म्युजिक भिडियोमा नितिन चन्दले निर्देशन गरेका छन् । अभिनयमा बिक्रम पोखरेल, श्रद्धा क्षेत्री, बिनय कार्की, अन्जना सारु, आरोही कार्की र मौसम खड्काको भूमिका देख्न सकिन्छ । म्युजिक भिडियोमा कोरियोग्राफि सुरज तामाङले गरेका छन् ।
यो म्युजिक भिडियो आरोही बिट्सको प्रस्तुति हो ।







