
अमेरिका । अमेरिकाको हड्सन नदीमा एक हेलिकोप्टर खस्दा ६ जनाको मृत्यु भएको छ । स्थानीय समयअनुसार बिहीबार दिउँसो टुरिस्ट हेलिकोप्टर हड्सन नदीमा खसेको हो ।
उक्त हेलिकोप्टरले डाउनटाउन म्यानहटनबाट उडान भरेको र न्यु जर्सीतर्फ जाँदै गरेको बताइएको छ । सो हेलिकोप्टरमा स्पेनिस परिवारका ५ सदस्य र एक जना चालक थिए । उनीहरू सबैको मृत्यु भएको हो ।
उडान भरेको केही समयमै हेलिकोप्टरमा असन्तुलन देखिएको र घुम्दै हड्सन नदीमा खसेको प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन् ।
मृत्यु भएकामध्ये चार जनाको घटनास्थलमै र दुई जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।