राष्ट्रका नाममा मोदीको सम्बोधन: ‘विश्वले भारतको शक्ति देख्यो’

जनता संवाददाता
२०८२ बैशाख २९ गते, सोमबार

काठमाडौँ । भारत र पाकिस्तानबीचको संघर्षविराम भएको ५१ घण्टापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार राष्ट्रका नाम सम्बोधन गर्दै देशको सामर्थ्य र संयम दुवैलाई विश्वले देखेको बताएका छन्।

प्रधानमन्त्री मोदीले भने, ‘गत केही दिनमा भारतले आफ्नो क्षमता र धैर्य दुवै देखाएको छ। म सम्पूर्ण भारतीय जनताका तर्फबाट भारतीय सेनाका पराक्रमी जवानहरू, सशस्त्र बलहरू, खुफिया निकायहरू र वैज्ञानिकहरूलाई सलाम गर्छु।’

प्रधानमन्त्री मोदीले देशको सुरक्षाका लागि चलाइएको अभियानमा सैनिकहरूले अद्वितीय साहस र शौर्य प्रदर्शन गरेको उल्लेख गर्दै भने, ‘हाम्रा वीर सैनिकहरूले अपरेसनका लक्ष्यहरू हासिल गर्न अदम्य साहस देखाएका छन्। म उनीहरूको वीरता, साहस र पराक्रम देशका हरेक आमा, दिदीबहिनी र छोरीहरूलाई समर्पित गर्दछु।’

प्रकाशित मिति : २०८२ बैशाख २९ गते, सोमबार


Scroll to Top

Janata Media