युएईमाथि नेपालको शानदार जित

चक्र दानी
२०८० श्रावण ३ गते, बुधबार

काठमाडौं । नेपाल भ्रमणमा रहेको युएई नेपालसँग तीन विकेटले पराजित भएको छ । यसअघि पहिलो एक दिवसीय क्रिकेटमा नेपाल युएईसँग ८४ रनले पराजित भएको थियो ।

बुधबार त्रिवि मैदानमा भएको खेलमा युएईले दिएको एक सय ९२ रनको लक्ष्य नेपालले ४७ दशमलव पाँच ओभरमा सात विकेटको क्षतिमा एक सय ९३ रन ल्यायो ।

नेपालका लागि गुलशन झाले ३७ र कुशल भुर्तेलले ३५ रनको पारी खेले । युएईको बलर रोहन मुस्ताफाले तीन विकेट लिँदै २४ रन खर्चे ।

टस जितेर पहिले ब्याटिङ गरेको युएई ४३ ओभरमै अलआउट भएको थियो । युएईका लागि एम वसिमले ५० र ए सरफुले ३५ रन बनाएका थिए । नेपालका सोमपाल कामी र ललित राजवंशीले समान तीन–तीन विकेट लिएका थिए ।

प्रकाशित मिति : २०८० श्रावण ३ गते, बुधबार


Scroll to Top

Janata Media