कर्णाली करिडोर चार दिन पूर्ण रूपमा बन्द गरिने

जनता संवाददाता
२०८२ जेष्ठ १७ गते, शनिबार

सुर्खेत । कर्णाली करिडोर अन्तर्गत कालिकोटको खुलालु–लालीघाट सडकखण्ड मंगलबारदेखि चार दिन सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने भएको छ ।

यहीको बाटो हुँदै आवतजावत गर्ने कालिकोट, बाजुरा र हुम्लालगायत जाने बाटो पनि ठप्प हुने भएको छ । जिल्ला प्रशासन कार्यालय कालिकोटले प्रकाशित गरेको सूचना अनुसार शुक्रबार बसेको सरोकारवालाहरुको बैठकले सडकको स्तरोनतिका लागि चार दिन सडक बन्द निर्णय गरेको सहायक प्रजिअ जनक शर्माले जानकारी दिए ।

उनका अनुसार यही जेठ २० गते बिहानदेखि २४ गते बेलुकीसम्म सो सडक खण्ड बन्द रहनेछ । कर्णाली राजमार्ग हुँदै आएका गाडी जिते हुल्ममा रोकिने छन् भने हुम्ला बाजुरा र कालिकोटको सान्नी त्रिवेणी, रास्कोट, पचालझरना र पलाताबाट आएका गाडी लालीघाटमा रोकिएर पल्टी गरी यात्रुलाई गन्तव्यमा पठाउन सकिने छ ।

चार दिनका लागि करिडोरको करिब १ किमी खण्ड बन्द गर्नुपरेको प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ १७ गते, शनिबार


Scroll to Top

Janata Media